यी हुन् अनुसन्धानमा उत्कृष्ट कपिलवस्तुका एसपी अधिकारी

 

Advertisement 1

कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रमाणीत भएको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए ।
शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि प्रहरी पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो ।

नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै जिल्लाका एसपी र डीएसपी नगदसहित पुरस्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसपी नवराज अधिकारी र डीएसपी धर्म भण्डारीलाई पुरस्कृत गरेको हो । एसपी अधिकारीले कपिलवस्तुमा रहेर काम गरेको एक वर्ष पुगिसकेको छ । यही जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले २५ दिन लामो अनुसन्धानबाट गएको सोमबार उनकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो ।

Advertisement 2

अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको थियो । सो घटनामा ११ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट पेस्तोल र ६८ राउन्ड गोली समेत बरामद भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले भने, “उत्कृष्ट अनुसन्धान गर्नेलाई पुरुस्कृत गर्ने हाम्रो नीति नै हो । राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ । व्यावसायिक काम गर्नेको पक्षमा सधैँ संगठन रहन्छ ।”

प्रकाशित :२०७८ असार ४, शुक्रबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry