आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

रसुवा। रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला सङ्कटमा परेका छन्।

Advertisement 1

गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरु सङ्कटमा परेका हुन्। बाढीले बाटो र पुल बगाएपछि झण्डै डेढ महिनादेखि नाकाबन्दी जस्तै अवस्था भोगिरहेका वडा नं १ देखि ५ सम्मका किसानले बन्दाकोपी र आलु बजार बिक्री गर्न नपाएका कारण मर्कामा परेका हुन्।

खेतबारीमै तरकारी कुहिएर जाने अवस्था आएपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय युवा र जनप्रतिनिधि पुल निर्माण गर्न अग्रसर भएका छन्। स्याफ्रुबेँसीस्थित खोलामा पुल बनाउन स्थानीयकै सक्रियता र श्रमदानबाट काठेपुल निर्माण अघि बढेको छ।

Advertisement 2

आमाछोदिङमो गाउँपालिका–५ का अध्यक्ष रामबहादुर, वडा नं ४ का अध्यक्ष धर्म तामाङ र वडा सचिव छेवाङको अगुवाइमा स्थानीय बुद्धिजीवी, समाजसेवी र युवाको टोलीले पुल निर्माणलाई गति दिइरहेका हुन्।

प्रकाशित :२०८३ आश्विन २६, सोमबार १३:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम