स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै

काभ्रे। काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुने भएको छ।

Advertisement 1

आगामी एक महिनाभित्र उक्त सेवा विस्तार गर्न लागिएको हो। यससँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा लिन पाउने छन्।

भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाबाट उक्त सेवा सञ्चालन हुनेछ।

Advertisement 2

जिल्लाको रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट उक्त सेवा सञ्चालन हुँदै आएको छ। सेवा सञ्चालनका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहमा आवश्यक समन्वय र सहजीकरण गर्न ‘सम्पर्क व्यक्ति’ तोकेको छ।

कार्यालय प्रमुख सुवेदीले सेवा विस्तारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए।

Advertisement 3

प्रकाशित :२०८३ मंसिर ७ गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]