संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ।

Advertisement 1

समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन सुरु गरेको हो। विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद् र विपद्पछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताए।

स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनःस्थापना तथा पुनर्वास र दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको उनले बताए।

Advertisement 2

“खोज, उद्धार र राहतमा सङ्घीय सरकार तथा सम्बन्धित निकायले देखाएको तत्परताप्रति स्थानीय जनप्रतिनिधिले खुलेर प्रशंसा गर्नुभएको छ”, उनले भने, “अब आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापनामा प्रभावकारी तत्परता देखाउन र तत्काल कानुन संशोधन गरी सम्बोधन गर्नुपर्ने विषयमा उहाँहरूले टड्कारो आग्रह गर्नुभएको छ।”

समितिले विपद्पछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनस्र्थापना, पुनर्वास तथा पुनर्निर्माणका क्रममा अपनाउनुपर्ने उपाय र आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव सङ्कलन गरिरहेको छ।

प्रकाशित :२०८३ आश्विन २१, बुधबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम