कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

काङ्ग्रेस महाधिवेशनको ड्रोन दृश्य काठमाडौँ, १८ असोज : नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको महाधिवेशन स्थलको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्।

Advertisement 1

कांग्रेसको महाधिवेशनलाई भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इण्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले शुभकामना दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन्।

एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट कांग्रेसलाई शुभकामना दिएका छन्। इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज (आइक्याप) स्ट्यान्डिङ कमिटी, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।

Advertisement 2

कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित आजदेखि १५औँ महाधिवेशन सुरु गरेको हो। महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

प्रकाशित :२०८३ आश्विन १८, आईतवार १६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम