प्रतिनिधिसभाः मेडिकल कलेजमा विद्यार्थीका समस्यादेखि सडक दुर्घटनासम्मका विषयमा ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाएका छन्।

Advertisement 1

बैठकमा सांसद सांसद रहबर अन्सारीले वीरगञ्जस्थित मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्काे शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन माग गरे।

सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी सङ्घर्षमय भएकाले बफरजोन क्षेत्र हटाउनुपर्ने विषयमा ध्यानाकर्षण गराए।

Advertisement 2

सांसद रविन महतोले सर्लाहीका एक बालक विद्युतीय तारमा करेन्ट लागेर गम्भीर घाइते भएकाले निःशुल्क उपचार र परिवारलाई क्षतिपूर्ति दिन माग गरे। सांसद धनेन्द्र कार्कीले पछिल्लो समय सडक दुर्घटना बढ्दो रुपमा भएको पाइएकाले यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गरे।

बैठकको प्रारम्भमा समय माग गरेर सांसद धु्रवराज राईले यस अधिवेशनका नराम्रा प्रवृत्ति आगामी अधिवेशनमा नदोहोरियोस् र प्रतिपक्षका आवाजको सुनुवाइ होस् भनी आग्रह गरे।

प्रकाशित :२०८३ आश्विन १६, शुक्रबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम