बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।
Advertisement 1
प्राधिकरणका अनुसार हालसम्म १ हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने ५ हजार ८३ अझै सम्पर्कविहीन छन्।
हाल विभिन्न अस्पतालमा ५ हजार ३९७ जनाको उपचार भइरहेको छ। हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा ४ हजार ५२१ जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रकाशित :२०८३ भाद्र १९, शुक्रबार १५:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








