नेपाल टेलिकमले विभिन्न पदमा माग्यो दरखास्त, मंसिर ३ सम्म आवेदन दिन सकिने

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न तह र सेवा समूहका पदमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ।

Advertisement 1

कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै उपप्रबन्धक (चार्टर्ड एकाउन्टेन्ट) नवौँ तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको हो।

कम्पनीका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको म्यादभित्र आवेदन दिन नसक्ने उम्मेदवारका लागि दोब्बर दस्तुर तिरी मंसिर १० गतेसम्म दरखास्त दिने व्यवस्था गरिएको छ।

Advertisement 2

विभिन्न तहका प्राविधिक तथा प्रशासनिक पदमा कर्मचारी माग भएसँगै दूरसञ्चार क्षेत्रमा रोजगारीको अवसर खोजिरहेका योग्य नेपाली नागरिकले प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।

प्रकाशित :२०८३ कार्तिक १३ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]