भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा प्रदेश सरकारले सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने बताएका छन्।

Advertisement 1

विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आज यहाँ आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा उनले उद्यान बनाएर त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यले २०७३ सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो।

Advertisement 2

वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो। प्रस्तावित उद्यानमा सात सामुदायिक र राष्ट्रिय वनको केही भागसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्र छ।

प्रकाशित :२०८३ आश्विन ११, आईतवार १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम