नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर। कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ।
Advertisement 1
विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ।
सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो। झण्डै ६८ वर्ष पूरा गरेको उक्त विमानस्थलका टर्मिनललगायतका भौतिक संरचना भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा रु तीन अर्ब १२ करोड लागतमा निर्माण सुरु गरेको थियो।
Advertisement 2
तीनतले सो भवन १८ हजार वर्गमिटरको रहेको विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काले जानकारी दिए। कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमान स्थलको ‘रनवे’ एक हजार ७७५ मिटर लम्बाइको छ।
उक्त विमानस्थलमा हाल दैनिक २० देखि २५ वटा उडान हुने गरेको उनले बताए। विसं २०८३ पुसभित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कम्पनीले पछिल्लो समय द्रुतगतिमा काम गरिरहेको छ।
Advertisement 3
हाल ५ वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलको नयाँ टर्मिनलसँगै निर्माणपछि ७ वटा जहाजलाई पार्किङ गर्नसक्ने क्षेत्र विस्तार गरिने जनाइएको छ।








