बाढीपीडितलाई आर्थिक सहयोग

पर्वत। कालीगण्डकीमा गत असोज १० र ११ गतेको बाढीबाट विस्थापित पर्वतको विहादी गाउँपालिका– ६ सेती वेणीबजारका व्यावसायीलाई पर्वत उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ।
Advertisement 1
सङ्घको व्यवसायी कल्याणकारी कोषबाट उनीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरिएको हो। स्थानीय आठ जना व्यवसायीलाई जनही रु १० हजारका दरले रु ८० हजार आर्थिक सहयोग गरिएको सङ्घका अध्यक्ष ठाकुरवि पौडेलले जानकारी दिए।
उनीहरुलाई नगद सहयोगसँगै नौ थान सोलार सेटसमेत प्रदान गरिएको छ। त्यसैगरी बाढीवाट समस्यामा परेका स्थानीयवासी, विद्यालय र प्रहरी चौकीलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए। उनका अनुसार २० बोरा चामल २० कार्टुन चाउचाउ, २० थान राहत प्याकेजजस्ता सामग्री सहयोग गरिएको हो।
Advertisement 2
अध्यक्ष पौडेलले कालीगण्डकी बाढीबाट ठूलो नोक्सानी व्यहोरेका व्यावसायीलाई तत्कालका लागि पुनःस्थापित हुन सहज होस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरिएको बताए।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवथित सेतीवेणीबजारमा बाढीले झण्डै रु २० करोडभन्दा बढीको क्षति पु¥याएको थियो। बाढीबाट पर्वततर्फ नौ घर भत्किएको, ३० वटा व्यवसायमा क्षति पुगेको तथा स्याङ्जातर्फ पनि २० भन्दाबढी पसल तथा घर बगाएको थियो।
Advertisement 3
यसअघि पर्वत उद्योग वाणिज्य सङ्घको सहयोगमा जिल्लाका १०० बाढीपीडित परिवारलाई खाद्यान्न र अन्य राहत सामग्री सहयोग गरेको थियो। यस्तै विभिन्न सङ्घसंस्थालाई सोलार बत्तीसमेत सहयोग गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष कमलबहादुर जिसीले जानकारी दिए।
बाढीले खण्डहर बनेको सेतीवेणी बजार अहिले सुनसान बनेको छ। त्यहाँका व्यवसायी अहिले पनि विद्यालयमा आश्रय लिएरकाले तत्काल पुनःस्थापना र पुनर्वासको माग गरिएको छ।








