प्रतिनिधिसभा बैठक :धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था मिलाउन माग

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले रसुवाको भोटेकोशी बाढी परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सरस्वती लामाले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरीन्।

Advertisement 1

सांसद सागर भुसालले जेनजी आन्दोलनमा प्रभावितलाई रु ५ हजार एउटा व्यक्तिको गाँस, बास र कपासको आवश्यकता पूरा नहुने भएकाले पुनर्विचार गर्न माग गरे। सांसद साजिदा खातुन सिद्धिकीले रसुवा बाढीमा वेपत्ताको खोजी के हुँदैछ भनी सोधेका छन्। आत्मदाह किन बढेको छ भनी खोजी गर्न पनि उनले ध्यानाकर्षण गराए। सांसद सीताराम साहले धान बालीलाई पानी नभएर समस्या भएकाले तराइ क्षेत्रको सुक्खाको समस्या समाधान गर्न माग गरे।

सांसद सृजना श्रेष्ठले निजी क्षेत्रले रोजगारी वृद्धिमा काम गर्ने भएकाले यसको प्रवद्र्धन गरिनुपर्ने बताइन्। सांसद सुजाता तामाङले कृषि जमिनको क्षति हुनबाट रोक्ने व्यवस्था गराउन माग गरे। गरीबको मुख्य स्रोत नै कृषि भएकाले यसको संरक्षण गरिनुपर्नेमा उनको जोड थियो।

Advertisement 2

सांसद सुनिल केसीले कर्मचारीसँग सहकार्य गरी गल्ती भए कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउनुपर्ने बताए्। सांसद सुरेशकुमार चौधरीले तराइ क्षेत्रका जग्गा समस्या समाधान गरिनुपर्नेमा जोड दिए।
सांसद सुशील खड्काले बागलुङ जिल्लामा शिक्षण अस्पतालको व्यवस्था गराउन माग गरेकामा प्रगति भएन भन्नुभयो। सांसद सुशीला ढकाल आचार्यले मद्यपान गर्नेहरुका कारण समस्या हुने गरेकाले समाधान गराउन माग गरीन्। सांसद सुषमा स्वर्णकारले जेनजी आन्दोलन भएको एक वर्ष भएपनि आन्दोलनमा सहभागी जेनजी याद्धा जेलमा रहेकाले तिनलाई न्याय दिन माग गरे। सांसद सोम शर्माले संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनको मुद्दामा प्रधानमन्त्रीको सम्बोधनको प्रतीक्षा भइरहेको बताए।

सांसद स्मृति सेञ्चुरीले दशैँमा घर फर्कने उत्साहबीच गत वर्ष भदौको जेनजी आन्दोलनमा जेल परेकालाई न्याय माग गरीन्। सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिनको दरले माननीयको तलबले नभ्याउने अवस्था भएकाले तत्काल समस्या समाधान गरिनुपर्नेमा जोड दिए।

Advertisement 3

सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका प्रहरी चौकी भवन जीर्ण भएर समस्या आएकाले समाधान गर्न, मोटरसाइकल पनि पुराना भएर नचल्ने गरेकाले चलाउने व्यवस्था गराउन माग गरे। सांसद ज्ञानु पौडेलले अब आउने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउने गरी कानुनी व्यवस्था मिलाउन माग गरे। निर्णायक तहमा पनि महिला निर्वाचित हुने गरी व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो। सांसद सुम्निमा उदासले विपद्पछि पर्यटन क्षेत्रमा अन्यत्र स्थगित गरेपनि मनास्लु क्षेत्रमा पर्यटक भएकाले मौसमका कारण हुने समस्याका बेला तिनको उद्धार गर्ने व्यवस्था मिलाउन माग गरे।

प्रकाशित :२०८३ आश्विन ८, बिहीबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम