नेपाली कांग्रेसको सन्निकट १५ औं महाधिवेशन र यसले दिने सन्देश

यही असौजको तेश्रो हप्तामा नेपालको एक मात्र लोक तान्त्रिक पार्टी नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न हुदै छ। हरेक राजनीतिक पार्टीमा हुने यस्ता महाधिवेशनले पार्टीलाई गन्तब्यमा पुर्याउन एक सक्षम र दृढ नेत्तृत्त्व प्रदान गर्छ।

Advertisement 1

यो महाधिवेशनबाट आउने नेत्तृत्त्व विगतको भन्दा फरक शैली र फरक सोचका साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ। अगाडिका नेत्तृत्त्व सत्तामा मात्र लिप्त रह्यो, पार्टीको नीति, शिद्धान्त र आदर्शलाई लत्याएर वाम पन्थ तिर लागेको हुदा यसको विकल्पको खोजी १४ औं महाधिवेशन मै गरिएको थियो तर त्यो अधिवेशन भाग बण्डा र स्वार्थको चंगूलमा फस्न जादा पार्टी गन्तब्य बिहीन मात्र हैन कि पश्चगमन तिर लाग्यो। आफ्नो कार्यावधि पुगेर पनि यथा समयमा अधिवेशन गर्न नचाहेकोले पार्टी भित्र रहेका यूवा पंक्तिहरू विशेष महाधिवेशन गर्न वाध्य भए र हाल विशेष महाधिवेशनबाट चुनिएको अन्तरीम केन्द्रीय समितिले १५ महाधिवेशनको तयारी गरिरहेको छ।

ने का को हुन गएको यो महाधिवेशन नियमित हुदा हुदै पनि मुलुकमा ब्याप्त रहेको राजनीतिक शून्यतालाई पूर्ति गर्न यो महाधिवेशन कोशे ढुंगा हुने निश्चित छ। विश्वको राजनीतिक रंग मन्चमा नागरिक स्वतन्त्रता, मानव अधिकार, न्यायीक सर्वोच्चता, खुला बजार, पारदर्शिता आदिलाई आफ्नो नीतिमा समाहित गर्ने विचार नै बांचेका र फैलिएका छन्। नेपाली कांग्रेस पनि यी विचारलाई आफूमा समाहित गरेर अगाडि बढ्ने नेपालको एक मात्र राजनीतिक प्रवाह हो। अतः यो पार्टी जति बलियो र सक्षम हुन्छ उति नै लोकतन्त्र बलियो हुन्छ। नेपालको राजनीतिक ईतिहास हेर्दा यो पार्टी कमजोर हुदा प्रजातन्त्र कमजोर भएको देखिन्छ। यसैले प्रजातन्त्रलाई संस्थागत र सक्षम बनाउने हो नेपाली कांग्रेसको नेत्तृत्त्व बलियो, दूरदर्शी र सक्षम हुनुको बिकल्प देखिएन। नेपाली कांग्रेसले प्रजातान्त्रिक बिचारको मात्र नेत्तृत्त्व गरेर पुग्दैन, यसले प्रजातन्त्र तिर उन्मुख हुन चाहने राजनीतिक शक्तिलाई समेत नेत्तृत्त्व गर्न सक्नु पर्छ र विगतमा यो पार्टीले प्रजातन्त्रको प्रवाहमा आउन संकोच मान्ने राजनीतिक खेमाहरूलाई समेत आफू संगै लिएर हिडेका उदाहरण ताजै छन्।

Advertisement 2

यसैले यो पार्टी अन्य पार्टीको संरक्षक, अभिभावक र मार्ग दर्शक भएका उदाहरण २०४६ साल, २०६२÷०६३ साल र संविधान सभाको निर्वाचनले देखाई सकेका छन् र अहिले पनि देशमा राजनीतिक रिक्तता रहेको पृष्ठभूमिमा कांग्रेसले नै अग्रसरता देखाउने बेला आएको छ। देशका अन्य राजनीतिक बिचारहरूले समेत नेपाली कांग्रेसको भूमिकाको अपेक्षा गरेका छन्।
यसरी अन्य राजनीतिक दलको समेत लिडर रहेको नेपाली कांग्रेसमा सन्निकट महाधिवेशनको मुखमा आफ्नै पार्टीलाई लिड गर्ने विषयमा कता कता अलमल परेको हो कि भने जस्तो देखिएको छ। राजनीतिमा लागेर पार्टीको नेत्तृत्त्व गरेका ब्यक्तिमा सत्ता मोह हुनु हुदैन, म बाहेक अरू सक्षम नेत्तृत्त्व पार्टी भित्र छैन भनेर सोच्नु हुदैन तर यो प्रवृत्ति अन्य तानाशाही र अप्रजातान्त्रिक पार्टीमा हुनु नौलो होईन तर एउटा लोक तान्त्रिक र प्रजातान्त्रिक पार्टीको नेत्तृत्त्वमा यस्तो प्रवृत्ति हुनुलाई स्वभाविक मानिदैन। हो, नेपाली कांग्रेसको विगतको नेत्तृत्वमा यो प्रवृत्ति देखिएरै यस पटक पार्टी भित्रबाट विशेष महाअधिवेशनको कुरा उठ्यो र सो सम्पन्न समेत भएर वर्तमान अन्तरिम कार्यसमिति कार्यरत छ र यसैले अबको ३ हप्तामा नियमित महाधिवेशन गर्न वडा तहमा निर्वाचन आरम्भ गरी सकेको छ।

यसर्थ यसरी नेपाली कांग्रेस पार्टीको हुन गै रहेको सन्निकट महाधिवेशनमा विशेष महाधिवेशबाट आएको नेत्तृत्त्वलाई नमानेको समूह समेतले नेपाली कांग्रेसले खेलेको विगतको भूमिकालाई मनन गरी संस्थापन पक्ष संग जोडिदै गएका खवरले प्रजातान्त्रिक मनहरूमा उत्साह र उमंग ल्याएको छ। आशा छ, नेपाली कांग्रेसको यो १५ औं महाधिवेशनले एक सक्षम, सबल र दूरदर्शी नेत्तृत्त्व प्रदान गर्न सकोस र अन्य राजनीतिक दलहरूलाई समेत यो अधिवेशन प्रेरणादायी बनोस्। जय नेपाल।

प्रकाशित :२०८३ आश्विन २, शुक्रबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry