खल्ती र इन ड्राइभबीच सहकार्य, चालक र यात्रुलाई दैनिक पुरस्कार जित्ने मौका

काठमाडौं। डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभबीच राइड भाडाको डिजिटल भुक्तानीलाई सहज बनाउने उद्देश्यले सहकार्य भएको छ । सहकार्यसँगै दुवै कम्पनीले चालक र यात्रुलाई लक्षित गर्दै तीनमहिने विशेष अभियानसमेत सञ्चालनमा ल्याएका छन् ।

Advertisement 1

अभियानअन्तर्गत अब इन ड्राइभका यात्रुले आफ्नो राइडको भाडा खल्तीमार्फत डिजिटल रूपमा भुक्तानी गर्न सक्नेछन् भने चालकले पनि राइडबाट प्राप्त रकम खल्तीमै लिन सक्ने व्यवस्था गरिएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसरसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

योजनाअनुसार इन ड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत प्राप्त गरेको अवस्थामा उक्त दिनको लक्की ड्रमा सहभागी हुन पाउनेछन् । लक्की ड्रमार्फत प्रत्येक दिन १० जना चालकलाई पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ ।

Advertisement 2

यस्तै, इन ड्राइभका यात्रुले आफ्नो राइडको भाडा खल्तीबाट भुक्तानी गरेपछि सोही दिनको लक्की ड्रमा स्वतः सहभागी हुन पाउनेछन् । यात्रुले योजनामा सहभागी हुन छुट्टै दर्ता गर्नुपर्ने व्यवस्था नरहेको कम्पनीले जनाएको छ । दैनिक लक्की ड्रमार्फत १० जना यात्रुले जनही २०० रुपैयाँ बराबरको खल्ती ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

दैनिक आवतजावतमा व्यापक रूपमा प्रयोग हुने राइड सेवाको भुक्तानी प्रक्रियालाई डिजिटल माध्यममा जोड्दै चालक तथा यात्रु दुवैलाई थप सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । यसले नगद भुक्तानीमा निर्भरता घटाउँदै डिजिटल भुक्तानीको प्रयोगलाई दैनिक व्यवहारमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement 3

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले राइड सेवामा हुने दैनिक भुक्तानीलाई डिजिटल प्रणालीमा थप विस्तार गर्ने उद्देश्यले इन ड्राइभसँग सहकार्य गरिएको बताउनुभयो ।

उहाँका अनुसार चालक र यात्रु दुवैका लागि सहज र सुरक्षित डिजिटल भुक्तानीको वातावरण तयार पार्नुका साथै डिजिटल भुक्तानीलाई दैनिक जीवनको हिस्सा बनाउने दिशामा यो सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

रेग्मीले डिजिटल भुक्तानीको पहुँच विस्तारसँगै यस प्रकारका सहकार्यले यात्रु र चालक दुवैलाई कारोबारमा थप सहजता प्रदान गर्ने बताउनुभयो ।

खल्ती र इन ड्राइभबीचको यो सहकार्यले राइड–हेलिङ क्षेत्रमा डिजिटल भुक्तानीको प्रयोग बढाउन तथा यात्रु र चालकलाई एउटै डिजिटल माध्यमबाट भुक्तानी र रकम प्राप्त गर्ने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार अभियान २०८३ भदौ २५ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित :२०८३ आश्विन १, बिहीबार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry