प्रभु बैंकका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग

काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

Advertisement 1

बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत उपलब्ध गराएको थियो।

Advertisement 2

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरिसकेको जनाएको छ।

प्रभु बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

Advertisement 3

बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

प्रकाशित :२०८३ भाद्र २८, आईतवार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry