राहत जुटाउन विशेष कलाकृति प्रदर्शनी गरिँदै

काठमाडौं। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ।

Advertisement 1

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा मानवीय सहयोगमा योगदान पुर्याउन प्रतिष्ठानले आगामी असोज १४ देखि २८ गतेसम्म विशेष कलाकृति प्रदर्शनी आयोजना गर्न लागेको प्रतिष्ठानले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रदर्शनीमा बिक्री भएका कलाकृतिबाट प्राप्त रकम बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ।

Advertisement 2

यसैबीच, प्रतिष्ठानका प्राज्ञ संगी श्रेष्ठले कला केवल सौन्दर्य र सिर्जनाको माध्यम मात्र नभई समाजप्रतिको संवेदना, उत्तरदायित्व र मानवीय एकताको सशक्त अभिव्यक्ति रहेको बताइन्।

प्रकाशित :२०८३ भाद्र १८, बिहीबार १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry