बाढीपहिरोले विभिन्न जिल्लामा यातायात प्रभावित

काठमाडौं। बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।
Advertisement 1
सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित छ भने मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
Advertisement 2
लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रकाशित :२०८३ भाद्र १४, आईतवार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








