भोटेकोशी बाढीः महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी। भोेटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन्। रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन्।

Advertisement 1

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिए।

बर्दिबास–३ का सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली सम्पर्कविहीन भएका हुन्।

Advertisement 2

उनीहरु विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। बुधबार बिहान ८ः०० बजेपछि छोरासँग सम्पर्क नभएको सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बताए।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry