पत्रकार कल्याणकारी कोष १० लाखको स्थापना गर्ने निर्णय

बाँके। नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गरेका छन्।
Advertisement 1
युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो। युनियन बाँकेका अध्यक्ष कमल खत्रीले पत्रकारलाई कामका सिलसिलामा आइपर्ने जोखिमका घटनामा केही राहत पुर्याउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय भएको बताए।
पत्रकार समाचार सङ्कलनमा निस्कदा जतिबेला पनि दुर्घटनाको जोखिम हुन सक्ने भएकाले यस्तो अवस्थामा कोषबाट सञ्चारकर्मीलाई सहयोग पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको उनको स्पष्टोक्ति छ।
Advertisement 2
यसैबीच नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले प्रमाणपत्र प्रदान गरेका थिए।








