कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन्।
Advertisement 1
उनले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए।
उनका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
Advertisement 2
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ।
यसअघि उनको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो।
Advertisement 3
हाल सभामा नेकपा (एमाले)का ४० र नेकपाको १७ सांसद छन्।
प्रकाशित :२०८३ भाद्र ८, सोमबार १५:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








