रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी। मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खज्र्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन्।
Advertisement 1
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको छ।
मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको बैंक खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिए। मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–भेँडुवा सडकखण्डका १३८ जना र रिडी–खज्र्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो।
प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १४:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








