कोशी स्वास्थ्य निर्देशनालयले माग्यो चिकित्सक

काठमाडौ। कोशी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मातहतका स्वास्थ्य संस्थाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।

Advertisement 1

निर्देशनालयले बिहीबार सूचना जारी गर्दै सेवा करारमा कर्मचारी पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्मका लागि चिकित्सक, नर्स तथा विभिन्न प्राविधिक पदमा कर्मचारी छनोट गर्न लागिएको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

Advertisement 2

रिक्त पद, आवश्यक योग्यता, आवेदन प्रक्रिया, छनोटसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक विवरण निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सेवा करारमा कर्मचारी पदपूर्ति भएपछि मातहतका स्वास्थ्य संस्थामा जनशक्ति अभाव कम हुनुका साथै स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८३ भाद्र ४, बिहीबार १३:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry