कवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौं। नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ।
Advertisement 1
उनको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ। शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ।
उनका श्रीमती, १ छोरी र २ छोरा छन्। विसं १९९२ साउनमा जन्माएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए। कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो। उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए। साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् थिए।
प्रकाशित :२०८३ भाद्र १, सोमबार १४:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








