लागुऔषधसहित ११ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट २, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक÷एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट २, भक्तपुरको दुवाकोटबाट १, तनहुँको आँबुखैरेनीबाट १, झापाको भद्रपुर–५ नयाँबजारबाट १, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट १ र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट १ जना पक्राउ परेका छन्।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको छ।

प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry