चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

Advertisement 1

प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज १ कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला पारिएको सवारीसाधन सम्बन्धित सवरी साधन धनीलाई हस्तान्तरण गरेका हन्।

Advertisement 2

प्रहरीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारीसाधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।

प्रकाशित :२०८३ श्रावण २८, बिहीबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry