पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौं। नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधनप्रति महासङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ।
Advertisement 1
राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले आज जारीगर्नुभएको प्रेस विज्ञप्तिमा निधनमा दुःख र परिवारजनमा समवेदना व्यक्त गरेका थिए।
Advertisement 2
लामो समयसम्म पत्रकारितामा योगदान दिएकी राजभण्डारीले सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउँदै आएका थिए।
प्रकाशित :२०८३ श्रावण २६, मंगलवार १३:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








