सुनको मूल्य तोलामा ४ हजार ८०० वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ४ हजार ८००ले वृद्धि भई रु ३ लाख १ हजार ७०० कायम भएको छ। गत शुक्रबार १ तोला सुन रु २ लाख ९६ हजारमा कारोबार भएको थियो।
Advertisement 1
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु ४ हजार ६४५ पुगेको छ। शुक्रबार १ तोला चाँदी रु ४ हजार ५८० मा किनबेच भएको थियो। प्रतितोला रु ४ हजार ५७० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार ३४३ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ।
प्रकाशित :२०८३ श्रावण २४, आईतवार १३:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








