फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

काठमाडौं। नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त भएका छन्।
Advertisement 1
नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
Advertisement 2
शपथग्रहणपछि मन्त्री मेहताले परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेसागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
प्रकाशित :२०८३ श्रावण २०, बुधबार ११:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








