‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं। राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्। आजको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्नो धारणा राख्दै उनले पहाडबाट मधेस तथा मधेसबाट काठमाडौँ र ठूला सहरतर्फ भइरहेको बसाइँसराइ अव्यवस्थित र चिन्ताजनक बन्दै गएकाप्रति सचेत गराएकी हुन्।

Advertisement 1

विकासका लागि खानेपानी, बिजुली र सडक पुगेका ठाउँबाट समेत ठूलो सङ्ख्यामा बसाइँसराइ हुनु अव्यवस्थित भएको भन्दै सदस्य झाँक्रीले नागरिकलाई आफ्नै ठाउँमा आबद्ध गराउने नीति र सहर निर्माणको अवधारणामा काम गर्नुपर्नेमा जोड दिइन्।

सांसद झाँक्रीले लुम्बिनी प्रदेशसँगै सबै प्रदेशमा कर्मचारीको दरबन्दी मिलान र सृजना तथा कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्थाको आवश्यकतासमेत औँल्याइन्। उनले सङ्घीयता विशिष्ट परिस्थितिमा आएको स्मरण गराउँदै सङ्घ र स्थानीय तहबीचको दूरी घटाउन ध्यानाकर्षण गराइन्। सङ्घीय सरकारले निश्चित वडामा स्वास्थ्यकर्मी, इन्जिनियर प्रशासनका कर्मचारीको व्यवस्था गर्नुपर्ने तथा स्थानीय तहमा कर्मचारीलाई अपमान होइन, प्रोत्साहनसहित पठाउनुपर्ने उनको भनाइ छ।

Advertisement 2

सङ्घ र प्रदेशका समान प्रकृतिका विकास एकाइ बनिरहेका विषयमा खर्च घटाउने क्रममा पुनरावलोकन गर्नुपर्ने, विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाउनुपर्ने तथा सङ्घबाट सृजना भएको दरबन्दी र स्थानीय तहबाट भइरहेको अध्यापन व्यवस्थाबीच समायोजन गर्नुपर्ने उनले बताइन्। सदस्य झाँक्रीले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक मेलमिलाप र सद्भाव कायम गर्न प्रेम र विश्वास आवश्यक रहेको धारणासमेत व्यक्त गरीन्।

प्रकाशित :२०८३ श्रावण १५, शुक्रबार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry