जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

काठमाडौं। व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकको विवरण सङ्कलन अभियान सुरु भएको छ।
प्राङ्गारिक तथा जैविक मलको व्यावसायिक उत्पादनलाई प्रवद्र्धन गर्ने, उत्पादनको गुणस्तर अभिवृद्धि गर्ने तथा उत्पादकबीच सशक्त सञ्जाल निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिइन्
मन्त्री चौधरीले प्राङ्गारिक मल, भर्मी कम्पोस्ट तथा अन्य जैविक मल व्यावसायिक रूपमा उत्पादन गरिरहेका वा दर्तायुक्त उद्योग वा फर्म सञ्चालन गरिरहेका सबै उत्पादकलाई आफ्नो विवरण अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छन्।
उत्पादकहरूले ‘क्यस आर कोड’ स्क्यान गरेर वेबसाइटमार्फत आफ्नो विवरण अनलाइन दर्ता गर्न सक्नेछन्। विवरण दर्ता गर्ने अन्तिम मिति २०८३ साउन २१ गते ९बिहीबार० सम्म छ।
मन्त्रालयले सबै व्यावसायिक प्राङ्गारिक तथा जैविक मल उत्पादकलाई समयमै विवरण दर्ता गराई दिगो कृषि विकास, माटोको उर्वराशक्ति संरक्षण तथा प्राङ्गारिक कृषि प्रवद्र्धनको अभियानमा सहभागी हुन आह्वान गरेको हो।
प्रकाशित :२०८३ श्रावण १५, शुक्रबार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry