दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा  

दाङ। दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना अन्ततः ढिलै भए पनि पूरा हुने भएको छ।
आर्थिक वर्ष २०८३÷८४ मा सङ्घीय सरकारले तुलसीपुरको टरिगाउँ विमानस्थलको  निर्माण पूरा गर्न रु २५ करोड बजेट विनियोजन गरेपछि उनीहरुको सपना पूरा हुने विश्वास गरिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ  विमानस्थल नेपालको पुरानो विमानस्थल हो। विमानस्थल विसं २०११ मा स्थापना भएको हो। अहिले  नियमित उडान हुन सकेको छैन।
विमानस्थलको लम्बाइ करिब ७५० मिटर छ। धावनमार्ग सानो भएका कारण अहिले ठूला विमान अवतरण हुन सक्दैनन्।
तुलसीपुर उद्योग वाणिज्य सङघका पूर्वअध्यक्ष विनिल केसीले लामो समयदेखि प्राविधिक र बजेटका समस्याले  विमानस्थल निर्माण पूरा हुन नसकेको बताए।
उनले भने, “टरिगाउँ एयरपोर्ट केवल एउटा पूर्वाधार मात्र रहेन, यो स्थानीय राजनीतिको परीक्षाको केन्द्रसमेत बनेको छ। ”
सांसद कमल सुवेदीले टरिगाउँ विमानस्थल निर्माण पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry