रम्तेलको इन्ट्रीसंगै चौतारीमा व्यापक सुधार

अञ्जनकुमार।
भनिन्छ नि “the right man in the right place” हो एउटा असल नियत भएको मान्छेले असल नियतले काम गर्ने अवसर पायो भने डुब्नै लागेको संस्थाले पनि मुर्झाउने मौका पाउँदो रहेछ। लमजुङ जिल्लाका उम्दा पत्रकार र सामाजिक रुपले निकै अब्बल मानिएका संचारको मर्म बुझेका झण्डै दुई सय नागरीक अगुवाहरुको पहलमा सदरमुकाम बेसीशहरको बीच बजारमा खोलिएको रेडियो चौतारीले शुरुवाती दिनहरूमा निकै राम्रो गरेको थियोे। मोफसल रहेरपनि राष्ट्रिय स्तरका रेडियोकै हाराहारीमा रेडियो चौतारीले कार्यक्रम प्रशारण गर्दै आएको थियो। तर पछिल्लो समय रेडियो चौतारी निकै भौतारिन पुग्यो। रेडियोमा व्यवस्थापकिय कमजोरी, संचालकहरुमा देखिएको बेवास्ता, अनि आम्दानीका बखत मुख मिठ्याउने रित्तिदैजाँदा रेडियोलाई नै गिज्याउने प्रवृत्ति हावी हुन थालेपछि शिथिल अवस्थामा पुगेको रेडियोको जिम्मेवारी सम्हाल्न आएका राजकुमार रम्तेलको आगमनसंगै रेडियोको मुहार फेरिन थालेको छ।

Advertisement 1

आकर्षक तलब सुबिधा सहित बिदेशी भुमि रमाईरहेका लमजुङ दोर्दी गाउँपालिकाका राजकुमार रम्तेल ती सारा वैभवलाई चटक्कै छाडेर आफ्नै धर्ती फर्किए। लामो समय वैदेशिक रोजगार पछि फर्किएका रम्तेलले आफ्नै गृह जिल्ला लमजुङ बेसीसहरबाट अन्तर्राष्ट्रिय कपडा केल्मी ब्रान्डको सोरूम संचालन गरि अहिले पोखराको न्युरोडमा करोडौंको लगानीमा व्यवसाय विस्तार गरेका, लायन्स क्लब अफ लमजुङ अध्यक्ष समेत रहेका सामाजिक तथा समाजसेवी रम्तेल १२ औ साधारणसभा एवं पाँचौं जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन भएका थिए।

ग्रामीण भेगका आवाज विहीन आवाजहरुलाई आफ्नै आवाजमा आफ्नै घरदैलोमा गुञ्जाउने प्रयास स्वरूप सवैको साझा चौतारीका रुपमा लमजुङमै पहिलोपटक ५ सय वाट क्षमताको रेडियो चौतारी ९१.४ मेगाहर्ज २०६९ जेठ १५ गते गणतन्त्र दिवसकै दिन स्थापना भएको थियो। जिल्लाको साबिक तार्कु गाविस हाल सुनपा स्थित १५ सय उचाइमा रहेको थामडाँडामा टावर राखी प्रशारण गरिरहेको रेडियो को हालत पछिल्लो समय कोमा पुग्यो। रेडियोको दायरा साँघुरियो। रेडियोमा काम गर्ने पत्रकारहरु लाखापाखा भए। यस्तो संघीन र दूरस्थमा रहेको रेडियोको मुहार फेर्न रम्तेल मरिमेटेर लागेका छन। आज रेडियो बजेको छ। साहित्यिक कार्यक्रम, स्थानीय समाचार देखि अन्तर्राष्ट्रिय समाचारले स्थान पाउन थालेको छ। खाने मुखलाई जुँघाले छेक्दैन भने जस्तै गर्ने इच्छा भएका मान्छे जतिसुकै लथालिङ्ग सघ सस्थामा छिरेपनि लय समात्न पुग्दो रहेछ। राजकुमार रम्तेल उदाहरणका ती पात्र हुन जसले रेडियोको त्राण भर्न आफू रित्तिएर पनि लाग्ने प्रण गरेका छन।

प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry