सम्पत्ति शुद्धीकरणद्धारा ७ मुद्दा दायर, १२१ जनाविरुद्ध १ खर्ब १८ अर्बको बिगो दाबी

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरण तथा सम्बन्धित कसुरमा सातवटा मुद्दा अभियोजन गरेको छ। ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाउँदै विभागले १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

Advertisement 1

विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान प्रक्रिया अघि बढाइने व्यवस्था छ।

हाल विभागमा अनुसन्धान तथा अभियोजनका लागि ४ वटा अनुसन्धान शाखा, कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा रहेका छन्।

Advertisement 2

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारसम्बन्धी मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरणका कसुरको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्लो समय यस्ता कसुरको अध्ययन, अनुसन्धान र तहकिकातलाई थप प्रभावकारी र तीव्र बनाइएको विभागको भनाइ छ।

प्रकाशित :२०८३ श्रावण ८, शुक्रबार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry