क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन। भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ।
Advertisement 1
कारागार कार्यालय भरतपुर, चितवनबाट १ वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ।
कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए। सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ।
Advertisement 2
यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा ६, कपिलवस्तुमा १७, कास्कीमा ७, स्याङ्जामा ४, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः १/१ जना कैदी स्थानान्तरण भएका छन्।
हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन्। सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ। क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ।
प्रकाशित :२०८३ श्रावण ६, बुधबार १३:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








