३ वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोनित गरेका छन्।

Advertisement 1

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) सिफारिस समिति सदस्यहरु नारायणप्रसाद ढकाल (काठमाडौँ) र अर्चना थापा (ललितपुर)लाई मनोनयन गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४दफा, ८ (१) (ख) बमोजिम बत्सगोपाल वैद्य (ललितपुर) र लोकबहादर चित्रकार (ललितपुर)लाई मनोनयन गरेका छन्। साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ दफा ८ (१) (ख) अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल (पाँचथर) र अनुप बराल (कास्की)लाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रकाशित :२०८३ श्रावण १, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry