सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा रु २ हजार ७०० र चाँदी रु १७० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५१० कायम भएको छ।
हिजो छापावाल सुुन प्रतितोला रु २ लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३४० मा कारोबार भएको थियो।
Advertisement 2
गत बुधबार १ तोला छापावाल सुुनरु २ लाख ८७ हजार १०० र चाँदी रु ४ हजार ५०० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ असार २६, शुक्रबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








