खनाल ब्रदर्स इभीको विशेष अफरसहित याडियाको शुभारम्भ

कोहलपुर । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे सवारी ब्रान्ड याडियाको आधिकारिक शोरुम बाँकेको कोहलपुरमा सञ्चालनमा आएको छ। कोहलपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गर्दै खनाल ब्रदर्स इभी प्रालिले नयाँ शोरुममार्फत बिक्री तथा बिक्रीपछिको सेवा सुरु गरेको हो।

Advertisement 1

विश्वका १५० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको याडियाले नेपालमा पनि विगत ६ वर्षदेखि विद्युतीय सवारी प्रयोगकर्तामाझ विश्वासिलो सेवा प्रदान गर्दै आएको जनाएको छ। अब कोहलपुरका ग्राहकले समेत विश्वस्तरीय प्रविधि, गुणस्तरीय सेवा तथा सहज स्पेयर पार्ट्स उपलब्धताको सुविधा स्थानीयस्तरमै प्राप्त गर्ने भएका छन्।

शोरुममा हाल याडियाका लोकप्रिय मोडल भेलेक्स एचएक्स–स्काई उपलब्ध रहेका छन्। रु. २ लाख ८० हजार मूल्य निर्धारण गरिएको भेलेक्स एच युरोपेली क्लासिक डिजाइन, शक्तिशाली मोटर र ब्याट्री, फुल डिजिटल एलसीडी ड्यासबोर्ड तथा ठूलो अन्डर–सिट स्टोरेज सुविधासहित बजारमा आएको छ। उकालो तथा कठिन सडकमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता यस मोडलको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ।

Advertisement 2

त्यसैगरी रु. १ लाख १० हजार मूल्य रहेको एक्स–स्काई विशेषगरी युवा पुस्तालाई लक्षित गरी तयार गरिएको स्पोर्टी डिजाइनयुक्त स्कुटर हो। यसमा कि–लेस स्टार्ट, एन्टी–थेफ्ट अलार्म सिस्टम, मोबाइल चार्जिङका लागि यूएसबी पोर्ट तथा सुरक्षित ब्रेकिङका लागि दुवै चक्कामा डिस्क ब्रेक (सीबीएस) सुविधा उपलब्ध रहेको छ।

शोरुम उद्घाटनको अवसरमा ग्राहकका लागि सीमित अवधिको विशेष अफरसमेत ल्याइएको छ। नगद भुक्तानीमार्फत स्कुटर खरिद गर्ने ग्राहकले रु. १० हजारसम्म नगद छुट प्राप्त गर्नेछन्। साथै प्रत्येक खरिदमा रेनकोट, हेल्मेट, फ्लोर म्याट, की–रिङ र चार्जर निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Advertisement 3

खनाल ब्रदर्स इभीले पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल तथा स्कुटरसँग एक्सचेन्ज सुविधा उपलब्ध गराउनुका साथै सहज फाइनान्सको व्यवस्थासमेत गरेको छ। शोरुममा बिक्री, सेवा र स्पेयर पार्ट्ससहितको थ्री–एस (3S) सुविधा उपलब्ध रहेकाले ग्राहकले एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार तालिमप्राप्त दक्ष प्राविधिकमार्फत छिटो, भरपर्दो र गुणस्तरीय सर्भिसिङ सेवा प्रदान गरिनेछ भने आवश्यक जेन्युइन पार्ट्सको पर्याप्त स्टक समेत उपलब्ध रहनेछ।

थप जानकारी तथा बुकिङका लागि ग्राहकले खनाल ब्रदर्स इभी प्रालि, कोहलपुर–बाँकेमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित :२०८३ असार २५, बिहीबार १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry