सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु २ हजार ४०० र चाँदी रु १६० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३४० कायम भएको छ।

हिजो छापावाल सुुन प्रतितोला रु २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ५०० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ असार २५, बिहीबार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry