सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ६०५ कायम भएको छ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला रु २ लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु ४ हजार ६१५ मा कारोबार भएको थियो। गत बिहीबार छापावाल सुुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु ४ हजार ४५० मा किनबेच भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ असार २१, आईतवार १२:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








