याङ्गो राइड र ट्राफिक प्रहरीद्वारा सडक सुरक्षा कार्यक्रम, २०० चालकलाई मोटरसाइकल वितरण

काठमाडौं। याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत स्थानीय फ्लीट पार्टनर इन्नोहब प्रालि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको छ।

Advertisement 1

कार्यक्रममा चालकहरूलाई २०० भन्दा बढी हेल्मेट र रेनकोटसमेत वितरण गरिएको थियो। साथै, वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियमको पालना, सडक सुरक्षा तथा नागरिकको जिम्मेवारीसम्बन्धी प्रशिक्षण नेपाल ट्राफिक प्रहरीले प्रदान गरेको थियो।

याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु कम्पनीको उद्देश्य रहेको बताए। स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई आम्दानीको अवसर सिर्जना गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई समेत सहयोग पुगेको उनको भनाइ छ।

Advertisement 2

उनले याङ्गोका लागि सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरे। आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए।

कार्यक्रममा इन्नोहब प्रालिले नयाँ चालकहरूलाई मोटरसाइकल तथा हेल्मेट उपलब्ध गराएको थियो। याङ्गो राइडले स्थानीय साझेदारहरूसँगको सहकार्यमार्फत सुरक्षित, भरपर्दो तथा प्रविधिमैत्री यातायात सेवा विस्तार गर्दै चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित :२०८३ असार १८, बिहीबार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry