प्रदेशमा सातौँ तहका कर्मचारीको बढुवा सिफारिस, को–को परे सूचीमा ?

काठमाडौं। लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (बढुवा समितिको सचिवालय) ले सातौँ तहका विभिन्न पदमा कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ।

Advertisement 1

बढुवा समितिले असार १६ गते सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेश लोक सेवा आयोग, बुटवलबाट २०८२ पुस ११ गते प्रकाशित विज्ञापनबमोजिम रिक्त पदहरूमा बढुवा सिफारिस गरिएको जनाएको हो।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहको जनस्वास्थ्य अधिकृत पदमा गोविन्द पौडेल सिफारिस भएका छन्।

Advertisement 2

त्यस्तै, कार्यक्षमताको मूल्याङ्कनका आधारमा प्रदेश वन सेवा, जनरल फरेस्ट्री समूहको वन अधिकृत पदमा विश्वजंग विश्वकर्मा र स्वायल एन्ड वाटर कन्जर्भेसन समूहको भू–संरक्षण अधिकृत पदमा सुरज राना बढुवाका लागि सिफारिस भएका छन्।

यस्तै, स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन तथा परीक्षण एवं मूल्याङ्कन समूहको शिक्षा अधिकृत पदमा कृष्णप्रसाद पोखरेल पहिलो योग्यता क्रममा र लिला कुमारी घर्ती मगर दोस्रो योग्यता क्रममा बढुवाका लागि सिफारिस भएका छन्।

Advertisement 3

बढुवा समितिका अनुसार प्रदेश कृषि सेवाको हकमा प्रदेश निजामती सेवा ऐन, २०८० को दफा ४२ तथा स्थानीय शिक्षा सेवाको हकमा स्थानीय निजामती सेवा ऐन, २०८१ को दफा ३६ बमोजिम सूचना प्रकाशित गरिएको हो।

सम्बन्धित कर्मचारीहरूले प्रकाशित सूचनाअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन बढुवा समितिले अनुरोध गरेको छ।

प्रकाशित :२०८३ असार १७, बुधबार १३:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry