सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ४ हजार ५०० ले गिरावट आएको ६ भने चाँदी रु २५ ले गिरावट आएको छ।
आजका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ७७ हजार ९०० र चाँदी रु चार हजार २८५ निर्धारण भएको छ।

सोमबार १ तोला सुनको मूल्य रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो। १ तोला चाँदीको मूल्य रु ४ हजार ३१० मा कारोबार भएको थियो। त्यस्तै, आइतबार १ तोला सुन रु २ लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३२५ मा खरिद बिक्री भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित :२०८३ असार १६, मंगलवार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry