कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो।
Advertisement 1
बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राखे। उनले उद्देश्यविहीन र त्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताए।
बजेट सन्तुलित, समन्यायिक र सामाजिक न्यायमा आधारित नभएको र यससम्बन्धमा सरकारले सुधार नगरुञ्जेल अगाडि बढ्न नदिने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरूले अवरोज जनाएपछि सभामुख नन्दा गुरुङले १५ मिनेटका लागि बैठक स्थगित गरिएको जानकारी दिइन्।








