सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु ५ हजार २०० र चाँदी २५० ले घटेको हो। आजका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ७८ हजार ३०० र चाँदी ४ हजार २३५ निर्धारण भएको छ।
बुधबार एक तोला सुनको मोल रु २ लाख ८३ हजार ५०० मा कारोबार भएको थियो। १ तोला चाँदीको मूल्य रु ४ हजार ४८५ मा कारोबार भएको थियो। मंगलबार १ तोला सुन रु २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ५९० मा खरिद बिक्री भएको थियो। अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश ३ हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।
प्रकाशित :२०८३ असार ११, बिहीबार १३:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








