सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु १ हजार ४०० ले वृद्धि भएको छ। यस्तै, चाँदी रु ४० ले बढेको छ।

आजका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार सातसय र चाँदी ४ हजार ७३० निर्धारण भएको छ।

Advertisement 2

आइतबार एकतोला सुनको मूल्य रु २ लाख ८७ हजार ३०० मा कारोबार भएको थियो। एकतोला चाँदीको मूल्य रु ४ हजार ६९० मा कारोबार भएको थियो।

शुक्रबार एकतोला सुन रु २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ६४० मा खरिद बिक्री भएको थियो।

Advertisement 3

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित :२०८३ असार ८, सोमबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry