सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु २ लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ६९० निर्धारण भएको छ।

गत शुक्रबार १ तोला सुन रु २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ६४० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित :२०८३ असार ७, आईतवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry