विशुखर्कमा २ सयभन्दा बढीले लिए निःशुल्क विशेषज्ञ सेवा

गुल्मी। स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४ जना स्थानीय लाभान्वित भएका छन्।

Advertisement 1

शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा रमेश अर्याल र मुटुरोग विशेषज्ञ डा कपिल गौतमले स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, थाइराइड, बाथ, छातीलगायत रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा १२६ जना महिला र ७८ पुरुषले सेवा लिएको वडाध्यक्ष कमल केसीले जानकारी दिए। गत आर्थिक वर्षदेखि विशुखर्क स्वास्थ्यचौकीमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ। त्यसबाट गाउँका गरिब एवं विपन्न परिवार लाभान्वित भएका छन्।

Advertisement 2

“स्वास्थ्य नै ठूलो धन हो भन्ने पढेका थियौँ”, वडाध्यक्ष केसीले भने, “अहिले त्यही विषयलाई व्यवहारमा लागू गर्दैछौँ।”

प्रकाशित :२०८३ असार २, मंगलवार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry