चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

चितवन। यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्।
Advertisement 1
साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले १ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन्। समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन्। भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताउँछन्।
Advertisement 2
जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो।
भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताउँछन्।
Advertisement 3
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउनुहुन्छ। यस वर्ष चितवनमा ९ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ।








