रास्वपाको बागमती प्रदेश अधिवेशन सुरु

बागमती। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन मकवानपुरको हेटौँडामा सुरु भएको छ। रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा सुरु भएको अधिवेशनको पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उद्घाटन गरे।

Advertisement 1

उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्यहरू जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ।

अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १ हजार ४०० प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ।

प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry