किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

दाङ। पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
Advertisement 1
रु २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु ६ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु १० लाख गरी जम्मा रु १६ लाख र किसानका तर्फबाट रु १६ लाख जम्मा भएमध्येबाट बोलपत्र प्रक्रिया गरी अनुदानमा कृषि उपकरण वितरण गरिएको हो।
Advertisement 2
मिनीट्रिलर २०, रिपर ५, चापकटर ११ पानी तान्ने १८ वटा पम्प ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ।
प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १२:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








